देवानगञ्ज घटनाका घाइते भेट्न पुगेका गृहमन्त्रीविरुद्ध नाराबाजी

  • प्रकाशित मिति : २०८३ श्रावण १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको घाइतेलाई भेट्न नेपाल सरकारका दुई मन्त्री विराटनगर आउँदा नाराबाजी भएको छ ।

देवानगन्ज गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार राति विराटनगर आएका गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर नाराबाजी भएको हो ।



घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वय प्रवेश गरेलगत्तै अस्पताल बाहिर भेला भएका प्रदर्शनकारीले मन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रदर्शनकारीहरूले गोलीकाण्डमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने लगायतका माग राख्दै चर्को नाराबाजी गरेका थिए ।

गोलीकाण्डको छानबिनको माग गरेका स्थानीयले गृहमन्त्री सुधन गुरुङको राजीनामा पनि मागेका छन् ।